बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपपछि राजीनामा दिएका जनार्दन शर्मा २६ औँ दिनमा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका छन् । उक्त आरोपमाथि संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेपछि शर्मा फेरि अर्थमन्त्री बनेका हुन् । उक्त प्रतिवेदनमा आरोप पुष्टि हुने आधार नभेटिएको भनिएको छ भने प्रतिपक्षी एमालेका सांसदले फरकमत राखेका छन् ।