बजेट अभावमा प्रदेशको गौरवको आयोजना प्रभावित

विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । सडक निर्माणका क्रममा बजेट अभाव भएपछि प्रदेश सरकारले ठेकेदारलाई भुक्तानी दिन सकेको छैन ।पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि ठेकेदारहरूले सडक निर्माणको काम समय समयमा रोक्दै आएका छन् । जसका कारण सडक निर्माणको काम प्रभावित हुँदै आएको छ ।प्रदेशको राजधानी विराटनगर जोडने सडक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्षको भदौमा शिलान्यास गरेका थिए । हाल दुई ले