एजेन्सी । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लेयनले दक्षिणपन्थी नेत्री जर्जिया मेलोनी इटालीको प्रथम महिला प्रधानमन्त्री बनेकामा बधाई ज्ञापन गरेका छन् । साथै उनले नवनियुक्त प्रधानमन्त्रीसँग सहकार्य एवम् रचनात्मक सहयोगका निम्ति तत्पर रहेको बताएका छन् ।