राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग भइरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेको बलिदानको प्रतिफल भएको बताएकी छन् । सहिद दिवसका अवसरमा शुक्रबार सन्देश दिँदै उनले भनेकी छन्, ‘सहिदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।’