काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या : स्थानीयद्वारा पुन: अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । आज बिहान काठमाडौं महानगरपालिकाले बन्चरेडाँडातर्फ फोहोर लैजाने वेला स्थानीयले बाटाेमै अवरोध गरेका थिए । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्दा वरिपरि प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरेका छन् । […]