त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ४ दशमलव ९ केजी हेरोइन सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सेतो हेरोइन कारोबार गरेको आरोपमा बौद्धबाट ३ जना विदेशी नागरिक र एकजना नेपालीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अब्बुलिकी, भारत घर भएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३० वर्षीय बिक्की रौनियार छन् । तान्जानिय