माओवादीको महासचिवमा देव गुरुङको पनि दावी, काँग्रेसमा गठबन्धनबारे दुई धार

नेकपा माओवादी केन्द्रलाई महासचिव छान्न सकस परेको छ । पार्टीभित्र महासचिवमा सहमति जुटाउन नसक्दा पदाधिकारी नै चयन हुन सकेको छैन । पार्टीका दुई नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच महासचिवमा दावी नछाड्दा सहमति हुन नसकेको हो । यही बीचमा अर्का नेता देव गुरुङले पनि आफ्नो दावी पेश गरेका छन् । दुई नेताबीच सहमति नहुँदा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिवमा अघि सार्ने बताएका छन् । सोही अनुसार आफूलाई प्रस्ताव आएको गुरुङको भनाइ छ । आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार...