सुरक्षा समिति बैठक : मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुनसक्ने अपराधिक घटनाहरूलाई रोक्नका लागि मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिएका हुन् । बैठकले चाडबाडका बेला भिडभाड कम गरेर कोरोना संक्रमणको जोखिम...