अविरल वर्षाका कारण सदरमुकाम परासीसँगै अधिकांश क्षेत्र डुबान

नवलपरासी : अविरल वर्षाका कारण पश्चिम नवलपारासीका विभिन्न क्षेत्र डुबानमा परेको छ। झरई खोलाको बाढी बस्तीमा पसेपछि परासी बजार क्षेत्र डुबानमा परेको हो। पानीको सतह बढी भएकाले उद्धारमा खटिन पनि कठिनाई भैरहेको प्रहरीले बताएको छ।सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुबानमा परेको छ। वडा नम्बर १० भुडिया टोल डुबानमा परेको छ। बाढीले अन्नपात, लत्ताकपडा र बस्तुभाउ बगाएको स्थानीयले बताएका छन्। रातको समयमा बाढी पसेकाले मानिसहरु कोही घरको छत तथा अग्लो ठाउँमा गएर ज्यान जोगाएका थिए।डुबानमा परेका २१ जनालाई राति

सम्बन्धित सामग्री

प्रदेश नं १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गरिने

विराटनगर । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमवार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ । सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सञ्चालन गर्न समन्वय गर्ने, वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्णरूपमा आउन बाँकी रहेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै लिने, १४ जिल्लामा विपद्जन्य के–के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाइसक्ने निर्णय भएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारका लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने, बाढीपहिरोबाट भएको भौतिक संरचना आदि क्षतिको भौतिक पूर्वाधार मन्त्रालयबाट एकीकृत विवरण तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निर्णय भएको छ । बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुनेगरी काम गर्न विपद् व्यवस्थापन समितिलाई सक्रिय हुन निर्देशन दिएका थिए । सोमवार नै प्रदेश सुरक्षा समन्वय समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुख सहभागी थियो । बैठकमा समग्र प्रदेशको सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रणका विषयमा निकायगत रूपमा प्रस्तुति गरिएको थियो । बैठकमा मन्त्री कार्कीले अपराध तथा सीमामा हुने चोरी, तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए । बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी, तस्करी नियन्त्रण जस्ता विषयमा जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने र रिपोर्टिङको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । रासस

बाढीले दोलालघाटमा डुबान

काठमाडौं । अविरल वर्षा पछि आएको बाढीले काभे्रको दोलालघाटमा डुबान भएको छ । चाखोलामा आएको बाढीले दोलालघाटमा डुबान भएको हो ।  बाढीका कारण काभ्रेका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएको छ ।

उपत्यकामा अविरल वर्षाले बागमती नदी उर्लियो, तराईमा जोखिम बढ्यो

काठमाडौं, १९ असार । उपत्यकामा अविरल वर्षा भएको छ । गएराति देखिको वर्षाले बागमती नदीको बहाव बढेको छ । बाढी सूचना केन्द्रका अनुसार रौतहट कर्मैयास्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीको सतह बढ्दा तटीय क्षेत्रमा डुबान भएको छ । विहान ४ बजेदेखि बागमतीको सतह खतराको तह पार गरेको थियो । विहान […]

जोखिम क्षेत्रमा सतर्क रहन जल तथा मौसम बिज्ञान विभागको आग्रह

पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा गएरातिदेखि अविरल वर्षा भैरहेको छ । निरन्तरको बर्षाले पानीको बहाव बढ्ने र जोखिम निम्त्याउने सम्भावना बढेको छ ।निरन्तर परेको पानीका कारण खोलाहरुमा बाढी आउने तथा होचो ठाउँहरुमा डुबान हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मोवाइलको एसएमएसमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।विभागले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आस

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्। प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म…

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]

बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बा(ँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

डुबान प्रभावित तीन सय विद्यालय बन्द

अविरल वर्षा र बाढीले यहाँका ३ सयजति विद्यालय डुबानमा छन् । डुबानका कारण ती विद्यालयमा अध्यनरत ४० हजार विद्यार्थी को पठनपाठन बञ्चित छ । विद्यालय परिसर र कक्षा कोठामा समेत पानी जमेपछि आइतवारदेखि पढाई अवरुद्ध भएको शिक्षा कार्यालयले जनाएको छ ।

एक्कासी किन पर्‍यो यति ठूलो पानी?

केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन। शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो। किन एकाएक यत्रो ठूलो पानी…