सेगवे र सुपर शोकोले विक्री गर्दै आएका स्कुटरमा कति फरक ? (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड भित्रदै आएका छन् । हाल नेपालमा २ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् । यस्तो धेरै ब्रान्डको उपस्थिति भएता पनि नेपाली ग्राहकले रेन्ज र मूल्यका आधारमा इलेक्ट्रीक सवारीसाधन खरिद गर्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट उपलब्ध रहेको कारण कुन स्कुटर […]

सम्बन्धित सामग्री

स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१०० सार्वजनिक

काठमाडौं (अस) । सेगवे–नाइनबोटले आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे ई–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि कम्पनीले दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारी उत्पादन गरिरहेको छ । सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिका बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट उत्पादन गरिरहेको छ । नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे यो विधामा उत्कृष्ट हुँदै आएको छ ।   सेगवे नाइनबोटका लागि नेपालमा आईहब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा स्वच्छ पर्यावरणका लागि सेगवेका स्कुटी बिक्री सुरु गरिएको जानकारी दिए । सेगवे ई–१०० माघ तेस्रो सातादेखि नेपाली बजारमा उपलब्ध हुनेछ । उत्कृष्ट सुरक्षाका सुविधाको साथ आउने सेगवे ई–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म चल्दैन । सेगवे ई–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुई बटन रहेका छन् । एउटा बटनले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । २२ लिटर क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमका वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध छन् । नाइनबट ई–स्कुटर ई–१०० कालो, सेतो, नीलो र रातो रङमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित  वातावरणीय प्रभावअनुसार प्रकाश फाल्ने कम्पनीले बताएको छ । ई–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्रीलगायत सुविधा उपलब्ध छन् ।