माओको जन्मदिन साइत पारेर माओवादी केन्द्रले आठौं महाधिवेशन गरिरहेको छ । जनयुद्धको धराप छिचलेर शान्तियुद्धमा हेलिएको पार्टी अब मनोयुद्धको धरापबाट कसरी उम्कने भनेर चिन्तित छ । सिद्धान्तमा अस्पष्टता र संगठनमा अस्तव्यस्तता रहेको स्विकारिए पनि पुरानो शक्ति र विश्वास फर्काउने लक्ष्य कुन विधि र नीतिले सक्ला त १ यसैमा महाधिवेशनको सफलता र भविष्य टिकेको छ । शान्ति यात्राका डेढ दशकमा संक्रमणकालीन कार्यनीति र कार्यदिशाले सुविधाअनुसारका सिद्धान्त गढिँदै गए । जनयुद्धको निर्मम समीक्षा नगर्दै पार्टी फुट्दै गयो । शान्ति प्रक्रियामा आउँदाका ३५ केन्द्रीय सदस्यमध्ये १५ जना मात्रै रहे । प्रतिक्रियाबाट उत्पन्न सक्रियता र उपलब्धिको हकदाबीले मात्र जनमत विश्वस्त हुँदैनथ्यो । कथनमा रहे पनि आन्दोलनकारी चरित्र गुमाउँदै जाँदा क्रन्तिकारी वेग र विचारधारात्मक मुद्धामा कमजोर बन्दै गएपछि फराकिलो राजनीतिक दायरा खुम्चिँदै गयो ।