भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ : प्रदीप पौडेल

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्। गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रममा उनले घोषणपत्रअनुसार काम नगर्ने दललाई भोट दिन नहुृने बताए ।‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’