वर्षा नरोकिएपछि सप्तकोसीमा बहाव उच्च, रातो बत्ती बालियो

पूर्वीपहाडी जिल्लामा सोमबारदेखि सुरु भएको वर्षा नरोकिएपछि सप्तकोसी नदीको बहाव उच्च भएको छ। बहाव बढेपछि कोसी ब्यारेजमा रातो बत्ती

सम्बन्धित सामग्री

कोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४२ वटा ढोका

विराटनगर । केही दिनयता पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । साथै जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ । नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित […] The post कोसीमा पानीको बहाव उच्च, खोलिए ब्यारेजका ४२ वटा ढोका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोशीले स्पर कटान, ४० घरपरिवार विस्थापित

सुनसरी । चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएकाले नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ । यसअघि पनि कोशीले स्पर कटान गरेको थियो । स्थानीय प्रशासनले रोकथामका लागि सामान्य छेकबार लगाए पनि पानीको बहावले भत्काएर पुनः कटान थालेको हो । कोशीले स्पर कटान गर्दै बाढी गाउँ पसेपछि त्यस क्षेत्रका करीब ४० घरपरिवार विस्थापित भएका छन् । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न थालेको छ । नदीले स्पर कटान गरेको सुचना पाएपछि  सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा विशेषज्ञको टोलिले अनुगमन गर्दै  जोखिम क्षेत्रको पहिचान गरी उनीहरूको उद्धारमा सेना परिचालन गरेको हो । कोशी आसपासका क्षेत्रमा बसोवास गर्नेलाई प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ भने स्पर कटान भएका श्रीलंका टापु र गरैया टापुका स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । नदीले आइतवारदेखि नै गरैया टापुको डिल भत्काउन शुरू गरेको थियो । दिउँसो नदी गाउँ पसेपछि प्रहरीले स्थानीयलाई उद्धार गरेको हो । नदीबाट मानवीय क्षति हुन नदिन कोशी आसपास क्षेत्रमा साइरन सहितको नेपाली सेनाको टोली खटाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोशीले स्पर कटान गरेको क्षेत्रमा रोकथामका लागि प्रयास भइरहेको छ भने नदीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयको उद्धारका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको ढकालले बताए ।   यसबीच सप्तकोशिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेक कन्ट्रोल रूमले बताएको छ । पानीको बहाव उच्च बनेसँगै खतराको संकेत स्वरूप कोशीमा रातो बत्ती बालिएको छ भने जोखिम कम गर्न ३५ ओटा ढोका खोलिएका छन् ।