सिसडोलवासीको कोरोना परीक्षण हुने, फोहोर विसर्जनको अवरोध हट्यो | Nagarik News - Nepal Republic Media

काठमाडौं महानगरपालिकाको अगुवाईमा सिसडोलका स्थानीयबासीको कोभिड १९ को परीक्षण गर्ने सहमति भएसँगै फोहोरमैला बिसर्जनको अवरोध तत्कालको लागि हटेको छ। सिसडोलबासीले कोभिड १९ को परीक्षण गर्नुपर्ने लगायतका विविध माग राख्दै उपत्यकाबाट गएको फोहोरमैलाको गाडीलाई अवरोध गर्दै आइरहेका थिए।