दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी, भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ– सरकारले संसद अघिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ। अध्यादेशकै कारण सरकार विस्तारमा ढिलाइ भएपछि सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता लिन लागेको हो। स्रोतका अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिनेछ। साथै संसद अधिवेशनसमेत अन्त्य हुने सम्भावना रहेको छ। अध्यादेश फिर्ता भएपछि भोलि मन्त्रिमण्डल विस्तार हुने […]

सम्बन्धित सामग्री

९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु

काठमाडौं। दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता भएपनि आज मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। एमाले फुटाउने काम सकिएपछि सरकारले अध्यादेश फिर्ता लिएको अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ। नेप्से परिसूचक आजपनि ७० अंकले घटेको छ।

दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि मात्र माओवादीले मन्त्री चयन गर्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि मात्र पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् विस्तार हुने ब्रिफिङ गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा […]

गठबन्धनका नेताले कानुनविदसँग छलफल गर्दै, अध्यादेश खारेजपछि मन्त्रीको शपथ

काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्न लागेका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए । गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो । अध्यादेश खारेज...