सप्तकोसी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरूको सञ्जाल बनाएर बैंकको १६ करोड मुनाफा रकम रेमिट्यान्सबाट आएको देखाएर हिनामिना गरेको पाइएको छ । सुवेदीले बैंकको विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखमा आफ्ना फुपूका छोरा हिमाल भट्टराईमार्फत रकम हिनामिना गरेको भेटिएको हो ।