महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ । बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग बिहीबार बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरू प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए । उनले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरालाई पनि पूरक प्रश्नसमेतका लागि