आहा राराको फाइनलमा सङ्कटा

सङ्कटा क्लबले बुधबार सशस्त्र प्रहरी बलको एपीएफलाई २–० ले हराएर १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको उपाधि भिडन्तमा पुगेको पहिलो पटक हो । यस यात्रामा सङ्कटाले पहिलो खेलमा गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको थियो । सङ्कटाले फाइनलमा अफ्रिकन रुट्स र नेपाल पुलिस क्लबमध्ये एकविरुद्ध खेल्नेछ ।