बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले सुरक्षित महसुस गर्छन् : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले आफूलाई लगानीका लागि सुरक्षित महसुस व्यक्त गर्ने बताएका छन् । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक 'बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास' को लोकार्पण कार्यक्रममा बोल्दै ढकालले पहिलेदेखि नै निजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले निजी क्षेत्रले उठाएको विषयलाई थप बल पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।कुनै पनि लग