सरकारले आवास बनाइदिएपछि खुसी छन् अर्घाखाँचीका बादी समुदाय

अर्घाखाँची : करिब ३५ वर्षदेखि किमडाडाको जंगलको खाली ठाउँमा त्रिपालमुनि बस्दै आएका सन्धिखर्क २ का बादी समुदाय अहिले खुसीले दंग छन्। लामो समयदेखि जंगलमा बसोबास गर्दै आएका ११ घर बादी समुदाय र दुई घरपरिवार अन्य दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आवासको लागि घर निर्माण गरिदिएपछि खुसी भएका हुन्।जन्मेदेखि नै पानी छल्ने घरमा नबसी आधाभन्दा धेरै उमेर गएको र कहिल्यै राम्रो पानी ओत्ने घरमा बस्न नपाइए पनि अहिले बल्ल राम्रो घर बनेको देख्दा मन धेरै खुसी भएको सन्धिखर्क २ का ४५ बर्षिय राजकुमा

सम्बन्धित सामग्री

नयाँ बस्ती बनेपछि बादी समुदायमा खुशी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं २ मा नयाँ बस्ती स्थापना भएपछि बादी समुदाय खुशी भएका छन्। लामो समयदेखी स्थायी बसोबासको आश्वासन मात्र पाएका बादी समुदायले स्थानीय सरकारको समन्वय र प्रदेश...

३५ वर्ष पछि घरमा बस्न पाएपछि गाउँले खुसी

३५ वर्ष देखि जगलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसीले गदगद भएका छन् । गरिवीका कारण त्रिपालको कष्टकर जिवन विताउदै आएका सन्धिखर्क २ का बादी समुदाय ११ घर परिवार सोहि ठाउँमै सगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आवासको लागि घर निर्माण गरिदिएपछि खुसी भएका हुन्। वर्खाको समय राती सुतिरहेको बेला पानी आएर शरिर भिजेर अर्को कपडा फेरी रातभर जागराम बस्थ्यो अव सो समस्या हल भएको औधि खुसी लागेको छ सन्धिखर्क २ का ४५ बर्षिय राजकुमार बादीले हर्ष मुद्रामा भन्नुभयो । दिनभरि मेहनत गरि ल्याएको खाद्यन पानी परेको बेला कहिले सुरक्षित भएन,सायद जिवन यसरी जाने होला भन्ने लागेको थियोर्, तर प्रदेश सरकारले आफनो जिवनमा नयाँ उभार ल्याईदिएको वादीले बताउनुभयो ।’ बुवा पनि आमाको भुमिका निर्वाह गरि छोराछोरी हुर्काउने पिडा सायद म जस्ता एकल महिलामात्र थाहा छर्, श्रीमान गुमाएकी चन्द्रादेवी बादीको भन्नुभयो त्यसमा पनि दिनभर दु ख गरि जुटाएको सामान हावाहुरीले पटक पटक उठाएर लगि दिएको स्मरण गर्दै अहिले सुविधा सम्पन्न घरमा बस्दा साञ्चैकै सरकार भएको महशुस गरेको बताउनुभयो ।’३५ वर्ष पछि आफुहरुले नयाँ जिवन पाएको निर्माण समितिका अध्यक्ष बधु बादीले बताउनुभयो । निर्माण सम्पन्न घरमा बालबालिका महिला पुरुष गरि ५० जना रहेको वादीले बताउनुभयो ।