काठमाडौं उपत्यकामा तीन सातादेखि नयाँ लाइसेन्सको आवेदन ठप्प

प्रयोगात्मक परीक्षा लिने चारवटा ट्रायल सेन्टर बन्द भएपछि काठमाडौं उपत्यकामा तीन सातादेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन ठप्प भएको छ । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन नपाएका हुन् ।