'आईएमई पे डिजिटल दशैँ तिहार' अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

काठमाण्डाै – डिजिटल वालेट 'आईएमई पे' ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै 'आईएमई पे डिजिटल दशैँ तिहार' अभियान सार्वजनिक गरेको छ । असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि 'क्यासब्याक' को 'प्रोमो कोड' प्राप्त गर्न सक्ने आईएमई पेले जनाएकाे छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले 'अल्टिमा लाइफस्टायल' काे उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरकाे उपहार प्राप्त गर्...