इटलीमा कोरोनाविरुद्धको खोप लगाउन दबाब दिन कर्मचारीहरुलाई ‘ग्रिन पास’ लागु गरिने भएको छ। खोप लगाएको, कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोना संक्रमित भएर निको भएको प्रमाण अनिवार्य पेस गर्नुपर्ने व्यवस्थासहित ग्रिन पास लागु गर्न लागिएको हो।ग्रिन पास नहुने कर्मचारी १ हजार ८०० डलर जरिवानादेखि निलम्बनमा समेत पर्न सक्नेछन्। उनीहरुको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिनेसमेत बताइएको छ।आगामी अक्टोबर १५ तारिखबाट कार्यान्वयनमा आउने उक्त व्यवस्था कोभिडको व्यापक असर झेलेको इटलीमा खोप