काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित गरेर स्थायी कमिटीको बैठक बसेको हो। आज महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची रहेको छ। माओवादीले बहुपदीय संरचना कायम राख्दै १५ प्रतिशत मनोनित गर्ने प्रावधान प्रस्ताव गरेपछि पदाधिकारी संख्या बढ्ने भएको हो।हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चितप्रायः छ। वरिष्ठ नेता