प्रदेश १ को नाम टुङ्गो लगाउन प्रदेशसभाका ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले छलफललाई तीव्रता दिएका छन् । प्रदेशसभा सचिवालयमा सोमबार (आज) भएको छलफलमा नेकपा एमालेले काँग्रेससँग औपचारिक रुपमा ‘कोशी’ प्रदेशमा सहमति जनाउन प्रस्ताव गरेको छ ।नेपाली काँग्रेसले भने सत्ता गठबन्धनका अन्य दलहरु उक्त नाममा असहमत रहेको बताउँदै विकल्प खोज्न एमालेलाई सुझाव दिएको छ । छलफलमा सहभागी काँग्रेसका एक नेताका अनुसार एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न प्रस्ताव गरेको थियो । तर काँग्रेसले भूगोलकै