कांग्रेसका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहजिल्ला बाँकेमा क्रियाशील सदस्यता विवादलाई लिएर चारपटक अधिवेशन स्थगित भएको छ । केन्द्रले असोज ९ भित्रै अधिवेशन सम्पन्न गर्न जिल्लालाई निर्देशन दिएको छ । तर, असोज ७ गतेसम्म पनि यहाँ क्रियाशील सदस्यको विवाद टुंगो लाग्न सकेको छैन ।