नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित, ओन्टारियो क्लब ५५ रनले पराजित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ५४ रनमा समेटियो । ओन्टारियोका  लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ ग...