पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मङ्गलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ ।
अत्यधिक गर्मीयामका कारण पानीको आपूर्ति घटेपछि पर्वतको सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ ।झण्डै एक महिनादेखि खानेपानीको अभाव भएपछि लोडसेडिङ नै गर्नुपर्ने अवस्था आएको छ । फागुन दोस्रो सातादेखि कुश्मामा पानीको आपूर्ति घटेको हो । दैनिक आठ घण्टा वितरण हुने पानीको अहिले घटाएर तीन घण्टामा झारिएको छ । लामो समयसम्म खडेरी परेपछि पानीको मुल सुक्दै […]