श्री एयरलाइन्सको विमानलाई उडानमा प्रतिबन्ध

पटक–पटक एकैखालको समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको कलसाइन नाइन एन एएनई डीएचसी८–४०२ विमानलाई उडानमा प्रतिबन्ध लगाएको छ । गत शनिबार र हिजो सोमबार एकै विमानमा एकैखाले समस्या देखिएपछि प्राधिकरणले सोमबारबाटै उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, “तीन दिनको अन्तरालमा अगाडिको ल्यान्डिङ (पांग्रा) गियरमा समस्या देखिएकाले तत्काललाई विमानलाई […]