विराटनगर : सवारी नियम उल्लंघनका कसुरहरुको जरिवानावापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ। आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवानावापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठका अनुसार यदि कुनै सवारी कारवाहीमा परे उसले बैंकिङ प्रणालीबाट राजस्व जम्मा गरेपछि मात्रै कागजात र सवारी छुट्नेछ। यो प्रक्रिया पूरा गर्न कम्तिमा २४ घण्टा लाग्ने छ।प्रहरी