सर्वाधिक कर तिर्नेमा दूरसञ्चार को वर्चस्व

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमलाई पछ्याउँदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् । यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् । यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमारहेको ठूला करदाताको कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व

दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ । छ वर्षअघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समय स्वामित्व परिवर्तनसँगै आन्तरिक समस्यामा परेपछि सरकारी स्वामित्वको कम्पनी टेलिकमको ग्राहक संख्या भने उत्साहजनक रुपमा बढेको छ ।