यी हुन् ११ वटा उपमहानगरपालिकामा मुख्य दलका प्रतिस्पर्धी

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो आइतवार र आज साेमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । ११ वटा उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दिएका हुन् ।  इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशव विष्टले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयर...