बलिउड सुपरस्टार सलमान खानलाई आएको धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको छ । अब प्रहरीले यस मामिलामा सलमानको बयान लिइसकेको छ । रिपोर्टका अनुसार सलमानले पुलिसलाई दिएको बयानमा धम्की आएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले धम्की दिएको छैन ।’बान्द्रा प्रहरीलाई बयान दिएपछि सलमान आफ्नो आगामी फिल्मको सुटिङका लागि हैदरावाद प्रस्थान गरेका छन् । यहाँ उनको २५ दिनको तालिका छ । बडीगार्ड शेरा र उनको टोली सलमान