त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका रिजवान आलम पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए । सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले...

सम्बन्धित सामग्री

दिउँसो विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, राति होटलबाट समातिए

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार दिउँसो ठगी मुद्दाका एक आरोपी प्रहरीबाट फुत्किएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम […]

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ । यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । आलमलाई प्रहरीले विमानस्थल अध्यागमन […]

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त मेरियट होटेलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ ।