स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी भइरहेकाले असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको पीसीआर परीक्षण गरिने बताउनुभयो ।