पेट्रोलियम पदार्थको काम आयल निगमले नै गर्ने हो, यसलाई निजीकरण गरिने छैन : मन्त्री बडू

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । अर्बाैँ रुपैयाँकाे कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको स्पष्टीकरण दिनुभएको हो ।  आज आइतवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार, भ्रामक र आधारहीन भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पन...

सम्बन्धित सामग्री

अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन्। संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै कहाँ–कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका हुन्। उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसको प्रभाव कहाँ–कहाँ पर्छ, उपभोग्य वस्तुको मूल्य घटाउन निर्देशन दिइन्छ। मूल्य […]

पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा पेरर मूल्य बढाउनुपरेको बताए । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए ।मन्त्री बडूले सरकारले बढेर […]

रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले पछिल्लो समय प्राप्त मूल्यसूची बढेर आइरहेको बताए ।तर, मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको छ । ‘मुलुकभरि सबैभन्दा बढी पेट्रोलको खपत बढी हुन्छ,’ मन्त्री बडूले भने, ‘पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ ।’अन्तर्राष्ट्र

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि  ः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उनले सो कुर

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्।...

पेट्रोलियम पदार्थको क्षेत्रका समस्याको वैज्ञानिक समाधान खोज्छौँः मन्त्री बडू

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरुसँग आइतबार मन्त्री निवास पुल्चोकमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक […]