काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व आएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।
काठमाडौं – दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ। महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य वस्तु जफत गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही ब्राण्डका […]
बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन । अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चलमलाउँछन । विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्परा काठमाडौंं महानगरले यसपटक […]
काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सामग्री खरिद गर्दा समस्या आएमा कामपाको टोल फ्री नं १६६००१००५५११ मा समयमा नै जानकारी दिन आग्रह गरिएको छ । महान् पर्व बडादसैँ र तिहारलाई लक्षित गरेर कामपा उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा आजदेखि बजार अनुगमन थालिएको छ । कामपाले अनुगनका लागि तीन टोली परिचालन गरेको छ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै लक्षित बजार अनुगमन गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले आज मंगलबार दशैं लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल, मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरूमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर सामानको बिल, […]
काठमाण्डाै – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचामा रहेकाे तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ ।
टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो । बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताउनुभयो । उहाँल...
पोखरा महानगरले दशैँ–तिहारलाई लक्षित गरी अनुगमन सुरु गरेको छ। चाडबाडका बेला मनपरी मूल्य, म्याद गुज्रेका सामान बिक्री गर्ने जस्ता सङ्घसंस्थामा महानगरले अनुमगन सुरु गरेको हो। स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिको टोलीको यो पहिलो अनुगमन पनि हो। पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसलबाट अनुगमन सुरु गरेको छ। पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं महानगर बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाड लक्षित अनुगमन शुरु गरेको जनाए तापनि प्रभाव शून्य जस्तै देखिएको छ । महानगरमा आन्तरिक किचलो र जिम्मेवार बाँडफाँडमा समस्या देखिएका कारण यो वर्षको अनुगमन प्रभावहीन हुने देखिएको छ । महानगरपालिका सुस्ताउँदा चाडवाडको समयमा व्यापारीले मनपरी गर्न थालेका छन् । महानगरपालिकाको बजार अनुगमन लक्षित बैठकले मंगलबार उपमेयर हरिप्रभा श्रेष्ठ […]
भरतपुर महानगरले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेतृत्वमा बजार अनुगमन सुरु भएको हो । उपभोक्ताबाट पनि गुनासाहरू आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाडि बढाइएको अनुगमन समिति संयोजक सापकोटाले बताए ।सापकोटाको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अ