काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुषालले भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
शुक्रबार उक्त समूहले राजधानीमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता भुसालले उक्त कुरा बताएका हुन् ।