तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीबारे बुझ्दैछौँ: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा बुझ्न सरकारबाट निरन्तर पहल भइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनअनुसार भारतलाई कूटनीतिक माध्यमबाट लेखिपठाएको बताए। उनले भने, ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट […]