प्रदेशसभामा सञ्चारकर्मीलाई रोक, विराेधमा क्यामेरा डाउन

काठमाडाैं : प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ।जारी मतदान प्रक्रियामा सञ्चारकर्मीलाई रोक लगाएपछि सञ्चारकर्मीले विराेधस्वरुप क्यामेरा डाउन गरेका छन्। पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाको अगुवाइमा पत्रकारहरुले क्यामेरा डाउन गरेका छन्।उनीहरुले अहिले क्यामेरा डाउन गरेर विरोध जनाइरहेका छन्। झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई