दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन्।सोमबार लुम्बिनी प्रदेशले आयोजना गरेको १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसार अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए।उनले कुनै न कुनै रुपमा अधिकार दिन कन्जुस्याइँ गरेकाले गणतन्त्र संस्थागत हुन चुनौती थपिएको आरोपसमेत लगाए।उनले भने, ‘अहिले पनि तहगत रुपमा संविधानल