जीतपुरसिमरा गोल्डकप : सोमबार मच्छिन्द्र र पुलिसको उपाधि भीडन्त

१४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भीडन्त हुने भएको छ । सोमबार बेलुका सिमरा रंगशालामा  फ्लड लाइटमा 'ए' डिभिजनका यी दुई क्लबबीच उपाधि भीडन्त हुने निश्चित भएको हो ।

सम्बन्धित सामग्री

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा

सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपअन्तर्गत मंगलबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको खेलमा आर्मीविरुद्ध मच्छिन्द्रले १–० को कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।