मन्त्रिपरिषद् बैठक–थापा एआईजीमा बढुवा

नेपाल प्रहरीको एआईजीमा सहकुल बहादुर थापा बढुवा भएका छन् ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितीले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेअनुसार मन्त्रिपरिषदले सो सिफारिसलाई सदर गरेको एक मन्त्रीले जानकारी दिए । यससँगै थापाले आगामी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि पोखरेल आईजीपीका एक्ला दावेदार रहेका थिए ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक : दुई जना सचिवमा र एक जना एआईजीमा बढुवा

सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायब महानिरीक्षक(डिआईजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठक : दुई जना सचिवमा र एक जना एआईजीमा बढुवा

सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायब महानिरीक्षक(डिआईजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठक : जोशी र ढकाल एआईजीमा बढुवा

सरकारले प्रहरी नायव महानिरीक्षक(डीआईजी)हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

सशस्त्र र नेपाल प्रहरीमा आईजिपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजिपी नियुक्त गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजदेखि प्रहरीका दुवै संगठनको नेतृत्व अनिवार्य अवकाशमा जाँदै छ । सरकारले केही दिनअघि सशस्त्र प्रहरीका राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। नेपाल प्रहरीमा आईजीपी बढुवाको प्रतिस्पर्धामा चारजना एआईजी छन्।