ब्राजिलद्वारा कोभ्याक्सिन खोप किन्ने सम्झौता स्थगित

राष्ट्रपति जायर बोल्सोनारोमाथि अनियमितताको आरोप लागेपछि ब्राजिलले भारतको भारत बायोटेकसँग कोरोना खोप किन्ने सम्झौता स्थगित गर्ने भएको छ । खोप खरिद सम्झौतामा राष्ट्रपति बोल्सोनारोले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।