विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि गरिएको सिफारिश देउवा सरकारद्वारा खारेज

विभिन्न ९ देशमा राजदूत नियुक्तिका लागि केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको सिफारिश शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले खारेज गरिदिएको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय ढिला गरी सार्वजनिक भएको हो । संसदीय प्रक्रिया छलेर गरिएका सिफारिश तथा नियुक्तिहरू खारेजीका क्रममा राजदूतहरूको नियुक्ति पनि खारेज गरिएको उच्च स्रोतले जानकारी दियो । रमेशचन्द्र पौडेल (श्रीलंका), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट), कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगबहादुर चुहान (रसिया), सुम्निमा तुलाधार (अष्ट्रेलिया), ...