बालिका बलात्कारको अभियोगमा झापामा ३ जना पक्राउ

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा झापामा तीन जना युवक पक्राउ परेका छन् । दुई जना गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट र एक जना भद्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।