‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले थापासँग तीन लाख पचास हजार धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो । थापाविरुद्ध दुईजना पीडितले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि थापा पक्राउ परेकी थिइन् । प्रहरीले गत कात्तिक ९ गते थापालाई