धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएपछि अधिकांश समय राजधानी काठमाडौंमै बिताएका कमलबहादुर शाह ४ दिनअगाडि फेरि राजधानी हानिएका थिए। संरचनागत हिसाबले संघीयता आए पनि त्यसको पूर्ण कार्यान्वयन भने दल तथा नेताहरूले गर्न सकेको देखिएको छैन।त्यसकारण मुख्यमन्त्री शाह केन्द्रको पार्टी नेतृत्व र शीर्ष नेताहरूलाई रिझाउन बेलाबखत राजधानीतिर छिरे। राजनीतिक निर्णय लिनका लागि केन्द्रीय सहमति र नेतृत्वको मुख ताक्नुपर्ने नियतिले उनलाई मुख्यमन्त्रीमा नियुक्त भएपछि पटकपटक का