आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ – आज (बिहीबार) बिहान देशका धेरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, […]

सम्बन्धित सामग्री

आजको मौसम : देशभर वर्षा

काठमाडौं : सोमबार देशभर वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। त्यसैले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने

आजको मौसम : काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । काठमाडौंमा राति पनि वर्षा भएको थियो । दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ/असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनीका एक […]

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।