सुक्न थाले अलैँची बगान

फुङ्लिङ – वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ। यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो। तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन्। अलैँचीका बोट ढलिरहेका छन्। अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन्। त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ। यो दृश्य हो ताप्लेजुङको फुङलिङ […]

सम्बन्धित सामग्री

सुक्न थाले अलैँची बगान

ताप्लेजुङ (फुङ्लिङ) – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ। लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै  भेटिन्छन्  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन्। सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन्। […]

छिर्के, फुर्के र जुरजुरे रोगका कारण मासिन थाल्यो अलैँची

नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि म

अलैँची मासिन थालेपछि इलामका किसान चिन्तित

भदौ १, इलाम । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले इलामका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।  मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ ।  डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।  दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रू. ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मंगलबारेस्थित देउमाई कृषि सहकारी संघका देउकुमार राना बताउँछन् । गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए  पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ । रासस

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको कीराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ कीराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो कीराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने कीरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त कीराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म कीराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताउनुभयो ।

ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट

ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन् । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ ।